काठमाडौं । सभामुख देवराज घिमिरेको निवासमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ ।
संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुटेका हुन् ।
बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणी पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी छन् ।
सभामुख घिमिरेले प्रमुख तीन दलका नेतालाई संक्रमणकालीन न्याय, सदन सञ्जालन र समसमायिक विषयमा छलफल गर्न बैठक बोलाएको सभामुख सचिवालयले जनाएको छ ।
यसअगाडि सभामुख निवासमा भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउने सरकारको प्रस्तावलाई प्रतिपक्षी दलले अस्वीकार गर्दै आएको छ ।
बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले फुल हाउसबाट टिआरसी विधेयकलाई फास्ट ट्रयाकबाट लैजान प्रस्ताव गरेका थिए । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले समितिमा पठाउनुपर्ने अडान लिएका छन् ।