काठमाडौं । कोशी नामकरणविरुद्ध पहिचानवादीहरुको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सरकारले शहीद घोषणा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको छ । कोशी सरकारले यसअघि लिम्बूको परिवारलाई ३ लाख राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो ।
चैत ५ गते आन्दोलनको क्रममा घाइते भएका धरान १५ का पदमको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर लिम्बू २०५२ देखि लिम्बूवान आन्दोलनमा सक्रिय थिए ।