काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
वैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विध्येक टेबुल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
यस्तै सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनीत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्ने सचिवालयले जनाएको छ ।





















