जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ।
एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनीहरूले राजीनामा दिएका हुन् । केन्द्रमा समीकरण फेरिएपछि प्रदेश सरकारमा बस्न असहज भएको भन्दै एमाले बाहिरिएको हो ।
हिजोमात्र मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका थिए । २७ पुसमा एमालेको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
केन्द्रमा बनेको गठबन्धनअनुसार मधेश प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ ।




















