काठमाडौं । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जसपालाई सघाउने भएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावमा वार २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको हो ।
जसपाले अध्यक्ष यादवलाई उम्मेदवार बनाउने सर्वसम्मतरूपमा सिफारिस गरिसकेको छ ।
बारा २ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व डीआईजी रमेश खरेलले उम्मेदवारी दिने भएका छन् । लोसपाबाट राजेन्द्र महतो उम्मेदवार बन्ने चर्चा छ भने एमालेले भने निर्णय गरिसकेको छैन ।