काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता अनसनमा बसेका छन् ।
सभापति दुजाङ शेर्पाको पद खारेज गरिनुपर्ने माग गर्दै नेविसंघका कार्यकर्ताले शनिबारबाट रिले अनशन शुरु गरेका हु्न ।
नेविसंघ बृहत् संघर्ष समितिले नेविसंघका सभापति शेर्पाको पद र उनले गरेका सम्पूर्ण चिठी खारेजी गर्नुपर्ने, संगठनको १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग राखेर अनशन बसेका हुन ।
विभिन्न जिल्लामा अध्यक्ष चयन गर्दा नेविसंघभित्र विवाद देखिएको छ। कतिपय जिल्लामा एकभन्दा बढी अध्यक्ष चयन गरिएका पत्रहरू सार्वजनिक भएका छन् ।