ललितपुर । पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघि सुरु भएको नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठक जारी रहेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।




















