काठमाडौँ । नवनियुक्त १२ जना मन्त्रीले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । तर पनि पूर्ण हुन सकेको छैन । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
कांग्रेसबाट ४ जना मात्र मन्त्री बनेका छन् । आज कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् ।
त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।
जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् भने लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

कुन दलबाट को मन्त्री ?
नेपाली कांग्रेस
पूर्णबहादुर खड्का-उपप्रधान तथा रक्षा मन्त्री
डा. प्रकाश शरण महत-अर्थमन्त्री
रमेश रिजाल-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
सीता गुरुङ-शहरी विकास मन्त्री
नेकपा माओवादी केन्द्र
नारायणकाजी श्रेष्ठ-उपप्रधान तथा गृहमन्त्री
शक्ति बस्नेत-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्री
सुदन किराती-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
अमनलाल मोदी-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
एकीकृत समाजवादी
बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास मन्त्री
प्रकाश ज्वाला-भौतिक पूर्वाधार तथा यातायात मन्त्री
जसपा
अशोक राई- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
लोसपा
शरद सिंह भण्डारी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
नाउपा
रञ्जिता श्रेष्ठ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
नेसपा
महिन्द्र राय यादव-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
प्रधानमन्त्रीसँगका मन्त्रालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
परराष्ट्र मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय




















