काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा पत्र बुझाएका छन् । मन्त्री खानले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन् ।
मन्त्री खान डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट सरकारमा सामेल भएका थिए । सरकार विस्तारका लागि भागबन्डामा जनमत पार्टी असन्तुष्ट बनेको छ।
जनमत पार्टीले कृषि र उद्योग मन्त्रालयमा दावी गरेको थियो । उद्योग मन्त्रालय लिने लगभग सहमति भएपनि अन्तिममा सो मन्त्रालय कांग्रेसलाई दिएपछि मन्त्री खानले राजीनामा दिएका हुन ।



















