काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट चार जनाले मात्रै मन्त्रीको शपथ लिने भएका छन् । शेखर कोइराला समूहले सम्मानजनक संख्या नदिएको भन्दै असन्तुष्टी जनाउँदै नाम नदिएपछि देउवा समूहका चार जनाले मात्रै सपथ लिन लागेका हुन ।
सभापति देउवानिकट उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङले शपथ लिने भएका हुन् ।
खड्काले उपप्रधानसँगै रक्षा, प्रवक्ता महतले अर्थ, रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र गुरुङले सहरी विकास मन्त्रीको शपथ लिने स्रोतले बताएको छ ।
कांग्रेसले आठ मन्त्रालय पाएको छ। बाँकी रहेका चार जनाको अर्को चरणमा शपथ हुने बताइएको छ । कोइराला समूहले तीन मन्त्रालय पाउनु पर्ने अडान राखेको छ ।



















