काठमाडौँ । खानेपानी मन्त्री अव्दुल खानले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका खान पहिलादेखि नै उद्योग मन्त्री बन्न चाहन्थे । खानेपानी मन्त्री बनाएपछि असन्तुष्ट बनेका उनले सपथ लिएपनि कार्यभार सम्हालेका थिएनन् । पछि हेरफेर गर्ने वचन प्रधानमन्त्री पुष्पकमल दाहालले दिएपछि उनले कार्यभार सम्हालेका थिए ।
आज हुने मन्त्रिपरिषद् विस्तारमा उनलाई उद्योगमन्त्री दिने सहमति भएको थियो । तर सपथ भन्दा एक घण्टा अगाडि सो मन्त्रालय कांग्रेस कांग्रेसका रमेश रिजाललाई दिइए पछि खान असन्तुष्ट बनेका हुन ।



















