काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित, स्वच्छ र व्यवायिक प्रहरीको आवश्यक रहेको बताएका छन् ।
आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव सिंहले सो कुरा बताएका हुन ।
नयाँ प्रविधि अनुसार काम गर्नका लागि नयाँनयाँ तालिम दिएर प्रहरीलाई व्यवसायिक बनाउनुपर्ने आवश्यकता रहेको गृहसचिव सिंहले बताएका छन् ।
पछिल्लो समय प्रविधिको प्रयोगमार्फत हुने अपराध बढेको भन्दै गृह सचिव सिंहले अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास, अठोट र तालिमको आवश्यकता रहेको औल्याएका छन् ।
सचिव सिंहले प्रहरीलाई अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शुन्य सहनशीलतामा लैजानुपर्ने भन्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट त्यही अपेक्षा रहेको बताएका छन् ।
विगतमा सुधारका क्रमहरु चलेपनि त्यो अझैपनि पूर्ण नभएको बताउँदै मन्त्रालयले देखिने गरी सुधार भएको हेर्न चाहेको बताएका छन् ।



















