सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको गठबन्धनबाट बनेको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन् ।
एमालेले थालेको मिसन ग्रासरुट अभियानका लागि सुदूरपश्चिमका डोटी, अछाम जाने क्रममा आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले देशभित्रका दल मात्रै नभएर विदेशी हस्तक्षेपबाट सरकार गठन भएको दावी गरेका हुन ।
उपाध्यक्ष पौडेलले सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धनबाट पद हत्याएर पछि धोका दिएको आरोप बताएका छन् ।
सरकारको ध्यान जनताको समस्यातिर नभएको आरोप लगाउँदै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न समेत चर्को समस्या परिरहेको बताएका छन् ।



















