काठमाडौँ । आज बस्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठकमा उपनिर्वाचन र सरकारमा सहभागीताका बारेमा निर्णय गर्ने बताइएको छ ।
आगामी वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवार चयन गर्नेबारे छलफल हुने बताइएको छ ।
लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउनेगरी छलफल अघि बढाए पनि सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय भएको अवस्थामा के गर्ने भन्नेबारे बैठकमा छलफल हुने बताइएको छ।