हेटौँडा । विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ ।
प्रदेश सरकारले प्रोत्साहन स्वरूप खेलाडीहरूलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाले बताएका छन् ।
केन्द्र सरकारले पनि राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई बधाई तथा सम्मान कार्यक्रम गर्दै जनही तीन लाख दिने घोषणा गरेको थियो ।
बिहीबार टियु मैदानमा भएको आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।