काठमाडौं । हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग/हावाहुरी सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले भनेको छ “देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग/ हावाहुरी सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङ्ग र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउनु हुन अनुरोध छ ।”



















