काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।
बिहीबार ललितपुरमा बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको हो ।
पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो । रिक्त पदमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहेकी अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।
उपराष्ट्रपतिको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनका लागि क्रियाशिल हुने उनले बताए ।