काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको निधन भएको छ ।
नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका उपाध्यायले आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर घाइते भएका थिए । ६ तलामाथिबाट खसेका नेपालको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचारका क्रममा ज्यान गएको हो।
पार्टीका नेता बिजय पौडेलका अनुसार दुईजना अपरिचित युवाले देखेर उनलाई निजामति अस्पताल पुर्याएकोमा पछि अन्नपूर्ण न्युरो लगिएको थियो ।




















