काठमाडौँ । नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ ।
यस क्रममा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


















