काठमाडौं । होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरुको समूहमा होली नखेल्न नेपाल प्रहरीले आग्रह गरेको छ ।
सर्वसाधारणका नाममा सन्देश जारी गर्दै प्रहरीले सभ्य, शिष्ट, स्वस्थ्यकर, मर्यादित र सुरक्षित तवरले होली पर्व मनाउन अनुरोध गरेको छ ।
कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाउन/नछ्याप्न आग्रह गर्दै प्रहरीले छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगर्न आग्रह गरेको छ ।
यसवर्षको होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा सोमबार र तराई मधेशका जिल्लामा मंगलबार मनाइँदै छ ।
प्रहरीले जारी गरेको सन्देशमा भनिएको छ –




















