काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले जनतालाई बिश्वासमा लिएर काम गर्नु पर्ने बताएका छन् । काङ्ग्रेस सरकारमा जाने र मन्त्री बन्ने भन्दा पनि सरकारले जनतालाई बिश्वासमा लिएर जनमैत्री काम गर्नुपर्ने बताए ।
आठ दलीय गठबन्धनबीच माेटामाेटी मन्त्रालय बाँडफाँडमा सहमति भएको उनले बताए ।
उनले भने, ‘केही दिनमा नै महत्त्वपूर्ण मन्त्रालयसहित हाम्रो पार्टी सरकारमा जाँदैछ । अन्य दल पनि सहभागी हुनेछन् ।’ नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले अवको केहि दिनमा नै नेपाली काङ्ग्रेस सरकारमा सहभागी हुने र राष्ट्रपति निर्वाचन पछि मात्रै सरकारले पूर्णता पाउने बताए ।
यसअघि भएको एमाले र माओवादी बीचको गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली ‘सुपर पावर प्रधानमन्त्री’बन्न खोजेकाले माओवादी–एमाले गठबन्धन नेतृत्वको सरकार नटिकेको बताउँदै उनले कांग्रेसले कतिपय समयमा रणनीतिक योजनामा त्रुटि गरे पनि त्यसलाई सच्याएर अगाडि बढ्ने बताए ।
देश आर्थिक संकटमा जाँदै गरेकाले अहिले आर्थिक बिषयका मुद्दाहरुमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नु पर्नेमा आजको आवश्यकता रहेको जोड दिदै नेता पौडेलले पद र सरकार भन्दा पनि काम प्रमुख रहने बताए ।
पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री बिष्णु लामिछाने, वरिष्ठ पत्रकार तथा प्राध्यापक पुरुषोत्तम दाहाललगायतको उपस्थिति रहेको थियाे ।




















