काठमाडौं । नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गरेका आठ मन्त्रीले आज राजीनामा बुझाउने भएका छन् । नेकपा एमालेको सोमबार बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेसँगै आठजना मन्त्रीले राजीनामा दिन लागेका हुन् ।
एमालेबाट प्रतिनिधित्व गरेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री बिमला राई पौड्याल,रक्षामन्त्री हरिराज उप्रेती, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिन लागेका हुन् ।
यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी,कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी शाह,भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राइले राजीनामा बुझाउन लागेका हुन् ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिसकेका छन्। राप्रपा र रास्वपाले सरकारलाई दिएको समर्थनलाई भने निरन्तरता दिएका छन् ।