काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन् ।
‘चुनाव अघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ?’ भनी प्रश्न गर्दै जनतामा बितृष्णा मात्र नभई दल र नेताहरुप्रति घृणा उत्पन्न भएको समेत थापाले बताए ।
काठमाडौंमा आज पार्टी सम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनीतिक दलहरु शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको थापाको टिप्पणी थियो ।
राप्रपा नेपालप्रति सकारात्मक धारणाको विकास भैरहेकोमा सन्तोष ब्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरुलाई आग्रह गरे । कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशवराज श्रेष्ठले जनबर्गिय संगठनको कृयाशिलता र भाबी कार्यक्रमबारे बोलेका थिए । भातृ संगठनका अध्यक्षहरुले आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।