काठमाडौँ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले अपराह्न १२ः३० बजेका लागि बोलाएको वैठकमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भावी राष्ट्रपतिको विषयमा सहमति हुन नसकिरहेको बेला सोही सत्तारुढ गठबन्धनका एक घटक राप्रपाले बैठक बोलाएर ‘पोजिसन क्लियर’ गर्न खोजेको छ ।
राप्रपाभित्र पनि काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने कि सत्ताको सहयोगी दल नेकपा एमालेलाई समर्थन गर्ने भन्नेमा दुई धार देखा परेपछि एकै धारणा बनाउनका लागि बैठक बोलाउन लागिएको राप्रपाका एक नेताले बताएका छन् ।



















