काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ राजदूत छन् सङबीच भेटवार्ता भएको छ । नेपाललाई भेट्न राजदूत सङ कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।
नेपालका निजी सचिवालयका अनुसार आज दिउँसो चिनियाँ राजदूत सङ नेपाल निवास पुगेका हुन् । भेटमा अध्यक्ष नेपालले नयॅा राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।
चिनियाँ राजदूतले राजदूतको रूपमा नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए । उनीहरूबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको थियो ।
आजै प्रधानमन्त्री प्रचण्ड र राजदूत सङबीच बिहान बालुवाटारमा भेटवार्ता भएको थियो । राष्ट्रपतिको निर्वाचन नजिएसँगै चिनियाँ राजदूतको भेटघाट बाक्लिएको छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरिसकेका छन् ।




















