काठमाडौँ । पूर्वमन्त्री डा. मथुरा प्रसाद श्रेष्ठको निधन भएको छ। मानवअधिकारकर्मी समेत रहेका श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
८८ वर्षका श्रेष्ठ ०४७ सालको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री भएका थिए । विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट मन्त्री भएका थिए । उनका ६ छोरा र एक छोरी छन् ।
विदेशमा रहेका छोराछोरीको आग्रहमा श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको छ। उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिने बताइएको छ ।



















