काठमाडौं । फाइजरको बुस्टर डोज बाइभ्यालेन्टको ३ लाख ४५ हजार ६०० खोप नेपाल भित्रिएको छ ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले सोमबार पहिलो चरणअन्तर्गत ३ लाख ४५ हजार ६०० डोज खोप भित्रिएको जानकारी दिए। उनले भने,’१५ लाख डोज आउनुपर्नेमा पहिलो चरणमा फाइजरको बुस्टर डोज बाइभ्यालेन्ट भित्रिएको हो । फेरि केही दिनमै क्रमिक रुपमा खोप आउनेछ।’
कोभ्याक्स सुविधानअन्तर्गत प्राप्त यो खोप नेपालका लागि पहिलो हो । अब फागुन ४, ८, ११ र १५ गते क्रमिक रूपमा यो खोप आउने स्वास्थ्य सेवा विभागले जनाएको छ । उनका अनुसार गाभीमार्फत प्राप्त उक्त खोपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिनेछ । ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ ।




















