काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। भद्रकालीस्थित जंगीअड्डामा भएको भेटवार्तामा दुई पक्षीय हितका विषयमा छलफल भएको छ।
‘भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल हो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्छ,’ नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
जंगीअड्डा स्रोतका अनुसार उनीहरूबीच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास गर्नेबारे छलफल भएको थियो । कोरोना संक्रमणका कारण नेपाल र चीनबीच हुने सैन्य अभ्यास हुन सकेको छैन । त्यसलाई निरन्तरता दिन प्रधानसेनापति शर्मा र राजदूत सोङबीच भेटवार्ता भएको हो ।




















