काठमाडौं । मैतीदेवी चोकमा रहेको प्रहरी बिट काठमाडौं महानगर प्रहरीले भत्काएको छ । मंगलबार महानगरपालिकाको टोलीले प्रहरीका सामान सार्न लगाएर डोजर प्रयोग गरी भत्काएको हो ।
मैतीदेवी चोकमा फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन गरिएको थियो । सो क्षेत्रमा सवारी साधनको चाप बढी भएको र पैदलयात्री पनि विटका कारण सडकबाटै हिड्नुपर्ने अवस्था भएकाले विट भत्काइएको महानगरीय प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीसँग समन्वय गरेर नै बिट अर्को स्थानमा सारेर त्यहाँको बिट हटाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् ।