भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा भएको मोटर साइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।
प्रदेश २–००१च ०४११ नं.को गाडीले बा २ ख ६६६९ नं.को बसलाई उछिन्न खोज्दा बनेपाबाट भक्तपुरतर्फ आउदै गरेको लु ८८ प ६२०८ नं.को मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे बनेपा–७ का १९ वर्षीय आयुष न्यौपाने रहेका प्रहरीले जनाएको छ। गाडीको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो। तर, उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले बताए ।
शव अस्पतालमै रहेको छ। सवारीसाधनसहित दुवै गाडीका चालक प्रहरी नियन्त्रणमा छन् ।