काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका-७ मा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो बा२ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो । घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन् ।
यतिबेला बिपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन् । उक्त बस काठमाडौंबाट भकुण्डेतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।




















