काठमाडौँ । पाकिस्तानमा ग्यास विस्फोटबाट बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
बुधवार क्वेटा सहरको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावट भएर विस्फोट भएपछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिका सहित १६ जनाको मृत्यु भएको हो । घटनामा दुई महिला पनि घाइते भएको प्रहरीले जनाएको छ । (एजेन्सी)