काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको दुई लाख भारतीय रुपैयाँसहित एक इटाली नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोवर्ट मिगानी रहेको प्रहरी स्रोतले जनाएको छ । उनी नेपालबाट भारतको नयाँ दिल्ली जाने क्रममा विमानस्थल पुगेका थिए । विमानस्थलमा प्रहरीको सुरक्षा जाँचका क्रममा मिगानीको साथमा स्रोत नखुलेको दुई लाख रुपैयाँ भारतीय नोट फेला परेको हो ।
अहिले प्रहरीले नेपालमा रहेका मिगानी र उनले बोकेको रकमका विषयमा अनुसन्धान गरिरहेको छ ।