काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
सभामुखमा निर्वाचित भएपछि घिमिरेले पहिलोपटक प्रधानमन्त्रीलाई भेटेका हुन । नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका थिए ।



















