काठमाण्डौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक पुगेर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् उनी स्मारकस्थलमा गएका थिए ।
सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारणसमेत गरेका थिए । (रासस)




















