काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठवन्धनले उपसभामुखमा कांग्रेसकी सांसद मुक्ता यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति गरेको बताइएको छ ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् ।
पार्टीले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको र अब अन्य दलसँग पनि छलफल गरेर औपचारिकरूपमा निर्णय गर्ने बताइएको छ ।
बिहीबार भएको सभामुखको निर्वाचनका कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले मतदान गरेका थिए ।
सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुख उम्मेदवारमा अघि सार्ने निर्णय गरेको छ ।



















