काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभामुख निर्वाचनलाई केन्द्रित गर्दै बैठक बस्न लागेको हो ।
सरकारलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा नदिने बारे निर्णय गर्न केहीबेरमै बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन् ।
प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्नेछ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
प्रतिनिधि सभाका कुनै सांसदलाई सभामुख पदमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दर्ताका लागि संघीय संसदको ल्होत्से हल तोकिएको छ । आजै सवा चार बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचना दर्ता क्रमअनुसारको सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ ।




















