काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नेपालका अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका छन् ।
मंगलबार पदभार ग्रहण गर्दै मन्त्री गिरीले गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन ।
सो क्रममा उनले बिभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनुपर्ने बताएका छन् । उनले सबै जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चिता गर्ने अठोट व्यक्त गरेका छन् ।
गरिव बिपन्न बर्गहरु अहिलेपनि सहज रुपमा उपचार गर्नबाट बञ्चित हुनुपरेको र मृत्युबरण समेत गर्नुपरेको अवस्थामा स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउनुपर्ने उनको भनाइ छ । मन्त्री गिरीले स्वास्थ्य बिमालाई प्रभावकारी बनाइने धारणा राखेका छन् ।
त्यस्तै स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले संविधानले व्यबस्था गरेको स्वास्थ्य सेवाको अधिकारलाई स्थापित गर्ने बताएकी छिन् ।
उनले आकस्मीक स्वास्थ्य सेवाबाट कुनै पनि नागरिकलाई बञ्चित गर्न नपरोस भनेर आवश्यक कार्य गर्ने जानकारी दिएकी छिन् ।



















