काठमार्डाैं । नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले मन्त्रालयबाट अघि बढाइएका कार्यक्रमहरुलाई पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मंगलबार मन्त्रालयमा पदभार ग्रहण गर्दै पाण्डेले मन्त्रीबाट सदर भएका योजनाहरु अलपत्र पार्ने र पूरा नगर्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिएका हुन । उनले तुइनबाट तर्दा सर्वसाधारणहरुको ज्यान जाने गरेको भन्दै खोलाको आधा घण्टाको अन्तरालमा झोलुङ्गे पुल निर्माण गर्ने बताएका छन् । उनले शहरी बिकास मन्त्रालयबाट भए गरेका कामको विवरण लिएर प्राथमिकता निर्धारण गर्ने उल्लेख गरेका छन् ।
मन्त्री पाण्डेले आफु कुनै स्वार्थका आधारमा काम नगर्ने दावी गरेका छन् ।



















