जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता सरोज कुमार यादवले मधेश प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् । जसपाको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका यादव प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । यादवले नेकपा एमाले,माओवादी केन्द्र, जनमत,राप्रपा,नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थनसहित दाबी पेश गरेका हुन् ।
यसका अतिरिक्त स्वतन्त्र प्रदेससभा सांसद सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाइ समर्थन रहेको छ । सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो बरियतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको १/१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कूल ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तीमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिन्छ ।




















