काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदै छन् । प्रधानमन्त्री भएपछि उनी पहिलो पटक गोरखा जान लागेका हुन् ।
गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्ड बुधबार सुरु हुन लागेको ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न त्यहाँ जान लागेका हुन् ।
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए भने मंगलबार मात्र विश्वासको मत लिएका थिए ।




















