काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई विश्वासको मत दिनका लागि सवै दलहरुसंग आग्रह गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिनका लागि सवै दलहरुसंग आग्रह गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री दाहालले मंगलबार संसदमा विश्वासको मत लिदै छन् । बैठकमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सांसदहरुलाई संसदमा प्रस्तुत हुने बिषयमा जानकारी गराएका थिए भने पार्टी अध्यक्ष दाहालले विश्वासको मत दिनका लागि सवै दलहरुलाई आह्वान गर्ने र सांसदहरुले पनि व्यक्तिगत रुपमा विश्वासको मत दिनका लागि कुरा गर्न निर्देशन दिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।
बैठकमा दाहालले सरकार गठनका लागि हस्ताक्षर गरेका बाहेकका दलहरुसंग पनि विश्वासका मत दिनका लागि छलफल भएको जानकारी गराएका छन् ।



















