काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने भएको छ ।
पुस २२ का लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्य सचिज कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार पुस २२ का लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर पुस २८ दिउँसो १ बजे बस्ने निश्चित गरेको छ ।
साथै २३ पुसमा कांग्रेस संसदीय दलको बैठक बस्ने उनले जानकारी दिएका छन् ।




















