काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । उनीहरूबीच मन्त्रिमण्डल विस्तार, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो ।
उनीहरूबीच सरकारले ल्याउने भनेको साझा कार्यक्रमहरूका विषयमा पनि छलफल भएको हो ।




















