काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यहाँका कामकारबाहीको विवरण लिएका हुन् ।
सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गरेको मुख्यसचिव शंकरदास बैरागीले दिए । त्यसक्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्री दाहाल समक्ष ब्रिफिङ गरेका थिए ।
तर सबै मन्त्रालयका सचिवहरुले आजै सबै विवरण भने प्रधानमन्त्री समक्ष पेश गर्न सकेका छैनन् । मुख्यसचिव बैरागीका अनुसार भोली पुनःछलफल हुने र प्रधानमन्त्री दाहालले नेपाल सरकार सचिवहरुलाई निर्देशन दिनेछन् । प्रधानमन्त्री भएपछि दाहालले पहिलो पटक विभिन्न मन्त्रालयका कामकारबाहीबारे चासो लिएका हुन् ।




















