काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको बालुवाटार श्रोतले जनाएको छ ।
भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।




















