काठमाडौं । सर्लाही क्षेत्र नम्बर(३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उहाँलाई बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटारमा पार्टी प्रवेश गराएका हुन् ।
उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्रीसमेत रहेका नवनिर्वाचित सांसद भरतप्रसाद साहले बताए । अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या नौ पुगेको छ । लोसपाका पनि नौजना सांसद छन् ।




















