काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी हुने भएको हो ।
मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटेका थिए । सो भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो ।
यस्तै बुधबार बिहानै प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको छ भने खुमलटारस्थित प्रचण्ड निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच वार्ता भएको थियो ।
उक्त वार्तापछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्नेबारे नेकपा एकीकृत सकारात्मक देखिएको छ ।




















