काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरकारी निवास वालुवाटार छोड्ने भएका छन् ।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेको बुझिएको छ ।
बुढानीलकण्ठस्थित देउवाको निवास पुनर्निर्माण भइरहेकाले उनी भाडाको घरमा सर्न लागेको देउवाको सचिवालयले जनाएको छ । बुढानीलकण्ठको देउवा निवासको पुनर्निर्माण सकिन ३/४ महिना लाग्ने भएकाले भाडाको घर खोजिएको बताइएको छ ।
पुस १० मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।



















