काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्रीमा पठाउने भएको छ ।
संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा एमालेले यस्तो सहमति गरेको हो । यसैगरी एमालेले थप तीन मन्त्रीको नाम पनि टुंग्याएको छ । जसअनुसार प्रदेश १ बाट राजेन्द्र राई, मधेश प्रदेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी परेका छन् ।




















